एभरेष्ट होटल पुनः संचालन गर्ने तयारी, कर्मचारीलाई सम्पर्कमा आउन १५ दिने सूचना

Advertisement

काठमाडौं । २०७२ सालको भूकम्पपछि बन्द भएको बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले उक्त होटलमा कार्यरत कामदारलाई नियमित काममा फर्किन आग्रह गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

होटलको मानव संशाधन विभागले काम गर्न इच्छुक कामदारलाई काममा फर्कन १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने जनाएको छ ।

पर्यटन विभागले २०७२ जेठमा रोतो स्टिकर लगाइदिएपछि होटल व्यवस्थापनले होटल बन्द गरेको थियो। होटल बन्द भएको साढे दुई वर्षपछि व्यवस्थापनले मर्मत प्रक्रिया अघि बढाएको हो। बिमा दाबी विवादित भएपछि होटलको मर्मत र सञ्चालनको काम रोकिएको थियो।

होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो । सम्झौतामा बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषय उल्लेख छ ।

everest

 

Advertisement

Advertisement

Advertisement