आइएमई पे मोबाइल वालेट एपमा नयाँ अफर

Advertisement

 

काठमाडै । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमाडिल्स” भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ, जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सकिनेछ ।

आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सीधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement