ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीनको मृत्यु, १७ घाईते

Advertisement

ओखलढुङ्गा । मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बुधबार विहान मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को डडुवा डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा ड्राइभर सहित २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ बर्षिय कृष्ण बहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ बर्षिय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० बर्षिय लाल बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा परी ३ जानाको घटन स्थल मै मृत्यु भएको र १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठको भनाई छ ।

दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मी्स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement