त्रिविमा बेथिति गर्ने कर्मचारीलाई अनुहार नहेरि कारवाही गर्छुः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय पवित्र संस्था रहेको र यसमा कुनै पनि बेथिति सहनीय नहुने बताएका छन् । ६० औँ स्थापना दिवसका अवसरमा विश्वविद्यालयको सभामा प्रधामन्त्री ओलीले भने, ‘बेथिति गरेको प्रमाणित भएकालाई कारवाही हुनेछ । अनुहार हेरिने छैन, छुट दिइने छैन ।’

प्रधामन्त्री ओलीले विश्वविद्यालयमा बेथिति र अनियमितता हुन नहुने बताउँदै हाल केही घटना सार्वजनिक भएको र त्यसमा दोषी कसैलाई पनि छुट नदिइने बताएका हुन् ।

देशमा भएका आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तन पश्चात अरु क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि समयानुकुल परिवर्तन गर्ने काम भइरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement