हिमाल दोलखा हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) आज बुधबार (असार २५) गतेदेखि खुलेको छ । कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकी ७४ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख रूपियाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपियाँ रहेको छ । दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ । हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपियाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

himal-dolakha

Advertisement

Advertisement

Advertisement