सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लर्ड बुद्घ एजुकेशनलमा १० प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगंजमा अवस्थित लर्ड बुद्घ एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरका हुन् ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लागू हुने गरि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

Advertisement

Advertisement

Advertisement