हुम्लामा घरेलु उद्योग दर्ताबाट ३२ लाख राजस्व संकलन

Advertisement

हुम्ला । घरेलु तथा साना उद्योग कार्यालय हुम्लाले चालू आर्थिक वर्षमा उल्लेख रूपमा राजस्व संकलन गरेको छ। कार्यालयले घरेलु तथा साना उद्योग र व्यवसाय दर्ताबाट यस आर्थिक वर्ष ३२ लाख बराबरको राजस्व संकलन भएको छ। यो गत वर्षको तुुलनामा ६० प्रतिशतले बढी हो ।

शासकीय संरचना तीन तहमा गएसँगै हुम्लामा साना तथा घरेलु उद्योग दर्ताको अनुपात निकै बढेको छ। असार १५ गतेसम्म जिल्लाका सातवटै गाउँपालिकामा एक हजार ७५८ व्यवसाय तथा फर्म दर्ता भएको उद्योग अधिकृत शम्भुप्रसाद उपाध्ययले जानकारी दिए । सबैभन्दा बढी कृषि, जडिबुटीसम्बन्धी फर्म दर्ता भएको उनले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement