अर्थसचिव विदेश हिँड्दा मौद्रिक नीति नै प्रभावित्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका अर्थसचिव राजन खनाल विदेश हिँड्दा मौद्रिक नीति नै प्रभावित भएको छ । खनाल अमेरिका भ्रमणमा रहेका छन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र बैंक सञ्चालक समितिमा सबैको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था रहेको र अर्थसचिव सरकारको प्रतिनिधि पनि भएकाले मौद्रिक नीति जारी गर्ने कुरामा अर्थसचिवको उपस्थिति जरुरी हुन्छ । ऐनमै अर्थसचिव नै सञ्चालक समिति सदस्य रहने व्यवस्था रहेकाले उनको प्रतिनिधित्व गर्दै अर्थ मन्त्रालयको अर्को व्यक्ति सहभागी हुन नमिल्ने भन्दै उनले सकेसम्म छिटो मौद्रिक नीति कसरी जारी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

अर्थसचिव खनाल साउन २ गते मात्रै फर्किने भनिए पनि कार्यक्रम छोट्याएर आउने संभावना पनि रहेको निरौलाले बताए । यसअघि राष्ट्र बैंकले असार २७ गते योजना बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement