कामना सेवाको नयाँ शाखा पर्वतको डिमुवामा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले पर्वतको मोदी–६ स्थित डिमुवामा बुधबार आफ्नो ९२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ भएको बैंकले जनाएको छ ।

साथै, बैंकले व्यवसाय विस्तारको क्रममा नविन् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै जाने समेत जनाएको छ । कामना सेवाको ९२ शाखाबाहेक ४४ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement