एलआईसीको १७औँ वार्षिक साधारण सभा साउन २४ गते

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को १७औँ वार्षिक साधारण सभा साउन २४ गते हुने भएको छ । कम्पनीको बैठकले नेपाल पुलिस क्लबको सभाहल भृकुटीमण्डप प्रदर्शनी मार्गमा बिहान ९ः३० बजेबाट साधारण सभा शुरु गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशत (५३ करोड १२ लाख २५ हजार ९६० रुपियाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै, सेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.४६ प्रतिशत (५१ करोड ५१ लाख ६१ हजार २०० रुपियाँ बरावरको) बोनस सेयर वितरण गर्ने प्रस्तावपनि पारित गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement