सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढ्यो, यस्तो छ आजको कारोबार

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ६४ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर ६४ हजार ७०० रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६४ हजार चार सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ४७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५४ हजार २१५ रुपियाँ कायम गरेको छ ।

ss-college

त्यस्तै, चाँदीको मूल्य पँच रुपियाँले बढेर ७२५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।