सानिमा लाईफले ६० करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने, सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

Advertisement

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ६० करोड रुपियाँ बराबरको प्राथमिक सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।  इन्स्योरेन्सको सर्वसाधारणको लागी छुटयाइएको शेयर निष्काशन गर्ने सम्बन्धी प्रभु क्यापिटल सँग  सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपियाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल छनौट गरेको हो।

सम्झौतापत्रमा सानिमा लाइफको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र प्रभु क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सानिमा लाइफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रुपियाँ बराबरको शेयर निष्काशन सम्बन्धि सम्पुर्ण कार्य प्रभु क्यापीटलले गर्नेछ।

एक अर्ब ४० करोड रुपियाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात बीमा समितिले तोकेबमोजीम २ अर्ब रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement