राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाकोे बांसगढीमा

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाकोे बांसगढीमा सञ्चालन गरिएको छ ।  बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित बैंकको नयाँ शाखा सञ्चालन गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकले देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले एक खर्ब ८६ अर्ब रुपियाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement