ललितपुर विद्युत् प्राधिकरणका कर्मचारी घुससहित समातिए

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट पाँच हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई लगनखेलस्थित यूएण्डबी फाष्टफुडबाट बुधबार पक्राउ गरेको हो। उनले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनापछि आयोग सक्रिय भएको थियो।

विष्टलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाले बताए।

Advertisement

Advertisement

Advertisement