सुर्या लाइफले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पायो

Advertisement

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको एघारौ साधारणसभाबाट पारित गराइसकेपछि नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाएको हो।

कमपनीले केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ पाएको छ । कम्पनीले ८८ करोड ७४ लाख रूपियाँ बराबरको आइपीओ निष्काशन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रूपियाँ चुक्ता पुँजी पुर्याउन सेयरधनीहरूलाई थप ७० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बीमा समितिले तोके भन्दा धेरै २ अर्ब १५ करोड रूपियाँ हाराहारी पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement