निर्माता छबिराज र शिल्पाबीचको विवाद टुंगियो, दुवैबीच मिलापत्र

Advertisement

काठमाडौं । निर्माता छबिराज ओझा र उनकी पत्नी नायिका शिल्पा पोखरेलबीचको विवाद टुंगिएको छ। बिहीबार महानगरीय प्रहरी परिसरमा दुई घन्टा लामो छलफलपछि छबि९शिल्पाबीचको विवाद मिलापत्रमा टुंगिएको हो।

दुबैबीच सहमतिपत्रमा हस्ताक्षर भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए। उनका अनुसार चार दिनअघि शिल्पाले छबिबाट शान्ति सुरक्षामा चुनौती रहेको भन्दै परिसरमा उजुरी दिएकी थिइन्।

‘शिल्पाको शान्ति सुरक्षामा आँच पुग्ने कुनै पनि कार्य नगर्ने ओझाले प्रतिबद्धता जनाउनु भएपछि मिलापत्र भएको हो,’ बोगटीले भने।

२०७३ सालमा सुटुक्क बिहे गरेका दुबैबीच अहिले हार्दिकतापूर्ण सम्बन्ध नरहेको बताइँदै आएको छ। शिल्पा छबिले भित्र्याएकी चौथी श्रीमती हुन्। नायिका रेखा थापासँग पारपाचुके भएसँगै उनको स्थानमा छबिले शिल्पालाई ‘इन्ट्री’ गराएका थिए। सुरुमा निर्माता९नायिकाको व्यावसायिक हुँदै उनीहरुको सम्बन्ध बिहेमा परिणत भएको थियो

Advertisement

Advertisement

Advertisement