हिमालय एअरलाइन्सले ढाका उडान सुरु गर्ने

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले बंगलादेशको ढाकामा साउन ६ गतेबाट सिधा उडान सुरु गर्ने जनाएको छ । धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं–ढाका–काठमाडौंको सीधा उडान सुरु गर्न लागेको कम्पनीले जानकारी दिएको हो ।

एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो भन्दै हिमालयन एयरलाइन्सले त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपालसम्मको पहुँच विस्तार गर्न लागेको जनाएको छ ।

एअरलाइन्स्ले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई (आबु धावी), दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशीसहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement