‘यसुदा’ र ‘सान्सुई’ ब्राण्डका समान खरिदगर्दा लक्की ड्र मार्फत विजेता भएकालाई पुरस्कार हस्तान्तरण

Advertisement

काठमाडौं । त्रिवेणी व्यापार कम्पनी अन्र्तगतका ‘यसुदा’ र ‘सान्सुई’ ब्राण्डका समान खरिद गर्दा लक्की ड्र मार्फत विजेता भएकालाई पुरस्कार हस्तान्तरण गरिएको छ । त्रिवेणी व्यापार कम्पनीले नेपालभर सञ्चालन गरेको ‘यसुदा नयाँ वर्षको शुभारम्भ’ र ‘सान्सुई नया बर्ष योजना’ अन्र्तगतका योजनामा टिभी फ्रिज र वासिङ्ग मेसिन लगाएतका समान खरिद गर्ने मध्ये लक्की ड्र मार्फत विजेता भएकालाई पुरस्कार हस्तान्तरण गरिएको हो ।

यसुदा ब्राण्डका समान खरिद गर्दाका लक्की ड्र मार्फत प्रथम भएका कृष्ण बहादुर बुद्धलाई सिंगापुर भ्रमणमा लगिने भएको छ भने किशोर ईलेक्ट्रोनिक्स् तुलसीपुरबाट समान खरिद गर्दा लक्की ड्र मार्फत दाश्रो भएका ललित ओलीलाई स्मार्ट एलईडि टिभी र एसविआर ईलेक्ट्रोनिक्स् सेन्टर पोखराबाट समान खरिद गर्दा लक्की ड्र मार्फत तेश्रो भएका ताहासिंह थापालाई यसुदा ब्राण्डको एसि प्रदान गरिएको छ ।

त्यस्तै सान्सुई ब्राण्डको न्यू श्री कुञ्ज ट्रेडर्स कैलालीबाट समान खरिद गर्दा लक्की ड्र मार्फत प्रथम भएका तपत बहादुर बिष्टलाई दुबई भ्रमणमा लगिने भएको छ भने स्मार्ट पावर सिस्टम कालीमाटीबाट समान खरिद गर्दा लक्की ड्र मार्फत दाश्रो भएका फैयाज अहमदलाई सुन्साईको स्मार्ट एलईडि टिभी र टिभी हाउस नेपालगञ्जबाट समान खरिद गर्दाका लक्की ड्र मार्फत तेश्रो भएका निशा विष्टलाई एक सय ७० लिटरको रेफ्रिजेनेटर प्रदान गरिएको छ ।

त्रिवेणी व्यापार कम्पनी अन्र्तगत ग्राहकले विभिन्न विद्युतिय र घरायसी सामाग्री किन्न सक्नेछन् । यसुदाका फ्रिज, वासिङमेसिन, भ्याकुम क्लिनर लगायतका सामाग्री सोरुममा रहेको कम्पनीले जनाएको छ । पानासोनिक, माउलनेक्स, सुकाम, टिगर, डिओउ लगायत ब्रान्डका सामाग्री समेत किन्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement