रिंगिट, दिर्हाम र कोरियन वनको भाउ बढ्यो

Advertisement

काठमाडौं । शुक्रबार मलेसियन रिंगिट, यूएई दिर्हाम र कोरियन वनको भाउ केही बढेको छ । अमेरिकी डलर, दिनार र कतारी रियालको भाउ भने केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १०९ रुपियाँ २१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर ११० रुपियाँ ०१ पैसा तोकेको थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपियाँ १२ पैसा र बिक्रीदर २९ रुपियाँ २८ पैसा छ । हिजो खरिददर २९ रुपियाँ १७ पैसा र बिक्रीदर २९ रुपियाँ ३३ पैसा रहेको थियो।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपियाँ १६ पैसा छ । हिजो खरिददर ३० रुपियाँ ०५ पैसा र बिक्रीदर ३० रुपियाँ २१ पैसा रहेको थियो।

यूएई दिर्हाम १ को खरिददर २९ रुपियाँ ७३ पैसा र बिक्रीदर २९ रुपियाँ ९० पैसा छ । हिजो खरिददर २९ रुपियाँ ९७ पैसा र बिक्रीदर २९ रुपियाँ २५ पैसा रहेको थियो।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपियाँ ५४ पैसा र बिक्रीदर २६ रुपियाँ ६८ पैसा छ । बिहीबार खरिददर २६ रुपियाँ ४४ पैसा र बिक्रीदर २६ रुपियाँ ५८ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपियाँ ३६ पैसा छ । हिजो खरिददर ९ रुपियाँ २६ पैसा र बिक्रीदर ९ रुपियाँ ३१ पैसा थियो ।

शुक्रबार कुवेती दिनार १ को खरिददर ३५८ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६० रुपियाँ ९३ पैसा छ । हिजो खरिददर ३५९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३५ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपियाँ २२ पैसा र बिक्रीदर २९१ रुपियाँ ८१ पैसा छ । हिजो खरिददर २८९ रुपियाँ ६९ पैसा र बिक्रीदर २९१ रुपियाँ २८ पैसा रहेको थियो ।

Advertisement

Advertisement

Advertisement