सुनको मूल्य घट्यो, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार ६४ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर ६४ हजार ५०० रुपियाँ कायम भएको हो । त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६४ हजार दुई सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५५ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७२५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement