घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड, दुई लाख बढिको हात खाली

Advertisement

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज (असार २७) गते शुक्रबार बाँडफाँड भएको छ । उक्त आईपीओ  १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट सेयर वितरण गरिएको हो ।

लघुवित्तको आईपीओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सदर भएका आवेदन २ लाख ८५ हजार ५ सय ६५ मध्येमा गोलाप्रथा गर्दा १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । उक्त आईपीओमा आवेदन गर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ ।

घोडिघोडाले असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ हजार ३८० कित्ता सेयर कर्मचारी र ६ हजार ६३० कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँड गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Advertisement

Advertisement

Advertisement