सलमानलाई पछिपार्दै अक्षय बने सबैभन्दा धेरै कमाउने अभिनेता

Advertisement

काठमाडौँ । बिजनेस म्यागजिन 'फोर्ब्स' ले विश्वभरको एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ ।

यसमा भारतबाट बलिउड अभिनेता अक्षय कुमार मात्र परेका छन् । यो बर्ष उक्त लिस्टमा अभिनेता सलमान खान पर्न सकेनन् ।अघिल्लो वर्ष अक्षय कुमारसँगै सलमान खान पनि यो सूचीमा समावेश थिए ।

एक वर्षमा सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा उनी ३३औं नम्बरमा छन् । उनको गत वर्ष कूल कमाई ६५ मिलियन डलर छ । उनले कमाईको मामलामा हलिउडका थुप्रै सुपरस्टारलाई समेत पछाडि पारेका छन् ।

गएको वर्ष १८।५ करोड डलरको कमाई गर्दै पहिलो स्थानमा गायिका टेलर स्विफ्टले हासिल गरेकी छन् । गत वर्ष १७० मिलियन डलरको कमाई गर्दै दोस्रो नम्बरमा काइली छिन् । कान्ये वेस्ट तेस्रो, अर्जेन्टिनाका चर्चित फुटबलर लियोन मेसी चौथो र पाँचौ स्थानमा ब्रिटिश सिंगर एड शीरन परेका छन् ।

Advertisement

Advertisement

Advertisement