सिंगटी हाइड्रोको ४३ करोड ५० लाखको आईपीओ मेगा क्यापिटल मार्केटसले निष्काशन गर्ने

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको प्राथमिक सेयर (आइपीओ) निष्काशन मेगा क्यापिटल मार्केटस् मार्फत हुने भएको छ। कम्पनी र क्यापिटलबीच आगामी असोजसम्ममा आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा सिंगटी हाइड्रोको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन्। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।

दोलखाको सिंगटी खोलामा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको सिंगटी हाइड्रोले कूल ४३ करोड ५० लाख रुपियाँ बराबरको एक सय रुपियाँ अंकित दरमा सेयर निष्काशन गर्नेछ।

यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता खुला हुनेछ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको काम अन्तिम चरणको पुगेको छ ।

Advertisement

Advertisement

Advertisement