भारी वर्षापछि आएको बाढी पहिरोमा दशको मृत्यु, आठ बेपत्ता

Advertisement

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । हालसम्म काभ्रे, भोजपुर, महोत्तरी, चितवन र ललितपुरमा गरी आठ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं

काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा तीनको मृत्यु मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा र मितु यादव रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काभ्रे, ललितपुर र भोजपुरमागरी पाँचको मृत्यु

पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बनेपा नगरपालिका–३ रामप्रसाद दंगालको घर पुरिएर उनकी पत्नी गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुस्का दंगाल घाइते भएका छन्। उनीहरूको उद्वार गरी उपचारका लागि शीर मेमोरियल अस्पताल लगिएको काभ्रे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले एक जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै, भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका जनक विकको पहिरोमा परेर मृत्यु भएको छ। शौचालय गएको बेला पहिरोले बगाएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको सबै विवरण खुलिसकेको छैन ।

खोटाङ, महोत्तरी र चितवनमा पाँच वेपत्ता

खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान झरेको पहिरोले घर बगाउँदा बिष्णु राईकी श्रीमती र दुई छोराछोरी वेपत्ता भएका छन्। पहिरोमा परि ३१ वर्षीय विष्णु राई घाइते भएका छन्। वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीया हनिफ बैठालाई रातो खोलाले बगाएको प्रहरीले जनाएको छ। उनको खोजीमा प्रहरी टोली र स्थानीय बासिन्दा लागेका छन्।

यसैगरी रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। डाईभर्सन बगाउदा मोटरसाइकलमा सवार एक युवक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ३० वर्षीय युवकको पहिचान खुलेको छैन, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

रामेछापमा पहिरोले पुरिएर एकको मृत्यु

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

सिन्धुलीमा अविरल वर्षासँगै परेको चट्याङले एक घाइते

प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।

वर्षा प्रभावित जिल्लाहरु

पाल्पा, काठमाडौं, ललितपुर, सुनसरी, महोत्तरी, जनकपुर, सिन्धुली, रौतहट मोरङ्लगायतका जिल्लाहरुमा अविरल वर्षाले ठुलो क्षती पुर्याएका छन् । अविरल वर्षाले विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । वर्षासँगै सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

Advertisement

Advertisement

Advertisement