रसुवागढी नाकाबाट तीन अर्ब १५ करोडको स्याउ आयात

Advertisement

रसुवा । रसुवागढी नाकाबाट तीन अर्ब १५ करोड मूल्य बराबरको स्याउ आयात भएको छ । नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै जाँदा ११ महिनामा त्यो परिमाणमा स्याउ आयात भएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा ३ करोड ९४ लाख ५३ हजार १ सय ४० केजी स्याउ आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ । यो अवधिमा ३ अर्ब १५ करोड ६२ लाख ५१ हजार २ सय मूल्य बराबरको स्याउ आयात भएको हो ।

कार्यालयका अनुसार साउनमा ११ लाख ४२ हजार ६ सय २९, भदौमा १० लाख ५५ हजार ३ सय ८२, असोजमा ४३ लाख २८ हजार ४ सय ६५, कार्तिकमा ४० लाख २५ हजार ३ सय ३०, मंसिरमा २७ लाख ८९ हजार ८ सय ३, पुसमा २९ लाख ९६ हजार ३ सय ५०, माघमा २६ लाख ११ हजार ४ सय ३० केजी स्याउ आयात भएको थियो ।

त्यसैगरी फागुनमा ४६ लाख ५६ हजार १ सय ७०, चैतमा ४७ लाख २२ हजार ७ सय ९०, वैशाखमा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख ९ हजार १ सय ५७ केजी स्याउ नेपाल आयात भएको कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement