ग्लोबल आईएमई र हाथवे फाइनान्सको साधारण सभा एकैदिन साउन १४ गते

Advertisement

काठमाडौं । मर्जर तथा एक्विजिशन सम्झौता गरेका ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले एकैदिन साउन १४ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्। ग्लोबलले प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा र हाथवेले होटल द रत्न इन धरानमा बिहान ११ बजे विशेष साधारण सभा आहवान गरेका हुन्।

विशेष साधारणसभामा ग्लोबल आईएमई र हाथवे फाइनान्सले एक आपसमा प्राप्ति गर्ने र हुने सम्बन्धमा आ–आफ्नो सञ्चालक समितिहरुका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, तथा सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) आधारमा निर्धारण गरिएको १००:४२ को सेयर स्वाप अनुपात स्वीकृत गर्ने मुख्य विशेष प्रस्ताव रहेको छ ।

त्यसैगरि प्राप्ति सम्झौतापत्र स्वीकृत गर्ने तथा अन्तिम स्वीकृति प्रदान गर्ने, नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न कुनै निर्देशन दिएमा सोसमेत मिलाई संशोधन गर्न तथा प्राप्ति सम्बन्धमा गर्नुपर्ने अन्य सम्पूर्ण कार्य गर्न दुबै संस्थाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्दैछन्।

साथै हाथवे फाइनान्स प्राप्ती पश्चात ग्लोबल आईएमई बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि विशेष साधारण सभामा छ।

Advertisement

Advertisement

Advertisement