जनक शर्मा सनराइजको सिइओ भइसकेका छैनन्, कुरा मात्रै भएको होः गुरागाईं

Advertisement

काठमाडौ । बजारमा सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जनक शर्मा पौड्याल नियुक्त भइसकेको समाचारहरु आइसके पनि सोही बैंकका एक सञ्चालक शैलेन्द्र गुरागाईंले समाचार सही नभएको बताएका छन् ।

उनले पौड्याललाई नियुक्ति गर्ने कुरामा सञ्चालक समितिमा कुरा भएको बताउँदै कागजीरुपमा निर्णय भएर सम्झौता नहुँदासम्म नियुक्ति भनेर भन्न नमिल्ने बताए । सन्राइज बैंकमा यसअघि निरज श्रेष्ठलाई सिइओ नियुक्त गर्ने कुरामा सञ्चालकहरुबीच नै विवाद भएपछि श्रेष्ठ आफै पछि हटेका थिए ।

जनक शर्मालाई नियुक्ति गर्ने कुरामा पनि बैंक निर्णयमा पुगिहाल्न सकेको छैन् । यसअघि ग्लोबल बैंकमा सिइओ रहेका उनी बैंकमा अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि बाहिरिएका थिए । ढकालले बेलायतमा रेमिटान्स कारोबार गर्ने क्रममा बैंक खाता खोलेका कुराहरु पौड्यालले लिक गरेको ढकालले आशंका गरेपछि पौड्यालले ग्लोबल बैंक छाडेका थिए ।

तीन दशकभन्दा बढी बैङ्किङ क्षेत्रमा बिताइसकेका पौड्याल लन्डनस्थित बार्कलेज बैंकमा पनि दुई वर्ष काम गरेका थिए ।

Advertisement

Advertisement

Advertisement