मलेसिया विरुद्धको टी–ट्वान्टीमा नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

Advertisement

काठमाडौं । नेपालले घरेलु टोलि मलेसिया विरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिजमा ‘क्लिन स्विप गरेको छ । नेपालले मलेसियालाई ६ रनले पराजित गरेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक क्लिन स्विपु हो । यसअघि नेपालले टी(ट्वान्टी सिरिजमा ‘क्लिन स्विप’ गरेको थिएन् । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्धको सिरिज २–१ ले जितेको थियो ।

किनरारा ओभलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । अमीनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।

मुहम्मद रियाहदत २१ रनमा नटआउट रहे । अहमेद फैज १७, शफीक शरीफ १०, अरुवर अरुद्वीन ७ रनमा आउट भए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक–एक विकेट लिए ।

विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने। यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए। यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै, रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।

टि २० सिरिजमा नेपालले मलेसिया विरुद्धका दुबै खेल जितेर क्लिन स्विप गरेको हो ।

Advertisement

Advertisement

Advertisement