मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ऊँ समाज डेण्टल हस्पिटलले १५ प्रतिशतसम्म छुट दिने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच सेवासम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी भएको उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ऊँ समाज डेण्टल अस्पतालका अध्यक्ष घिमिरेले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

उक्त मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटिएममार्फत आफ्ना छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

साथै, हालै मात्र यस बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement