बाढी, पहिरो र डुबान पीडितहरुको राहत र उपचार सरकारले गर्ने, आवास पुनर्निर्माण तथ्यांकपछि

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको लागि आवश्यक व्यवस्था सरकारले मिलाउने निर्णय गरेको छ ।

बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । उनले गृह मन्त्रालयले मातहतका सबै निकायबाट तथ्यांक संकलन गरेपछि पीडितहरुका लागि आवास पुनर्निर्माणको काम अघि बढाउने निर्णय पनि गरेको छ ।

सरकारले पीडितहरुको राहत, उद्दार र उपचारमा आवश्यक समन्वय गर्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुका साथै अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

मन्त्री बास्कोटाले घटनापछि स्वतस्फुर्तरुपमा राहत, उद्दार र उपचारमा खटिने सुरक्षा निकाय, चिकित्सक, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सरकारले धन्यवाद दिएको बताए । उनले आइतबार अपरान्हसम्म बाढि पहिरोमा ५१ जनाको मृत्यु भएको, ३१ जना वेपत्ता भएको, २८ जना घाइते भएको र १० हजार ३८५ जना विस्थापित भएको बताए ।

Advertisement

Advertisement

Advertisement