सांग्रिला डेभलपमेन्ट बैंकले महालक्ष्मी ईन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement