सिँचाइ कार्यालयका प्रमुख एक लाख ८० हजार घुससहित पक्राउ

Advertisement

काठमाडौं । भोजपुरमा एउटा सिँचाई आयोजनाको काम सकिएपछि रकम भुक्तानी गर्न घुस लिएपछि एक इञ्जिनियर पक्राउ परेका छन् ।

सिञ्चाई कार्यालय भोजपुरका सिडिई मोहनबाबु यादवलाई एक लाख ८० हजार घुस रकमसहित अख्तियारको इटहरी कार्यालयले पक्राउ गरेको हो ।

कुल १८ लाख रुपैयाँको सिँचाईको काम भएकामा निर्माण सम्पन्न प्रतिवेदन दिनका लागि सिडिई यादवले १० प्रतिशत रकम घुसवापत माग गरेका थिए ।

अख्तियारको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरेको हो । अहिले मुचुल्का उठाउने काम भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रातोपाटीलाई जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement