चौधरी ग्रुपको लगानी रहेको क्याम्पियन कलेजमा स्नातकलाई उपाधि

Advertisement

काठमाडौं । चौधरी गु्रपअन्तर्गत रहेको सिजी एजुकेशनद्घारा सञ्चालित क्याम्पियन कलेजले आफ्नो स्नातक उपाधि कार्यक्रम सम्पन्न गरेको छ । करिब १५० विद्यार्थीहरुले उक्त कार्यक्रममा आफ्नो स्नातक उपाधि लिएका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्राडा शिवलाल भुसालले स्नातक उपाधि प्राप्त विद्यार्थीहरुलाई सफल अध्ययन र उपाधिका लागि शुभकामना दिए । उनले विद्यार्थीहरुको काँधमा थप जिम्मेवारी थपिएको र जीवनलाई सार्थक बनाउनुका लागि अब साँचै अगाडी बढ्नुपर्ने भन्दै समाज सेवामा लाग्न उत्प्रेरित गरे ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरुले आफूलाई अब्बल सावित गर्नका लागि आफूलाई अद्यावधिक गर्नुपर्ने बताए । उनले विद्यार्थीहरुले आफूलाई बजारका लागि तम्तयार गर्नुपर्ने बताए ।

सिजी कर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाण चौधरीले सम्पूर्ण विद्यार्थीहरुलाई सफल जीवनका लागि शुभकामना दिए । विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्नुपर्ने भन्दै उनले विद्यार्थीहरुले विश्व सुहाउँदो परिवेशमा आफूलाई परिमार्जन गर्दै अगाडी बढ्नुपर्ने बताए । आफूमा रहेको क्षमताको भरपूर प्रयोग गर्न र विद्यार्थीहरु उर्जावान बन्दै देशको विकासका लागि महत्वपूर्ण योगदान दिन समेत चौधरीले सुझाव दिए ।

प्रमुख अथिति रहेका बैंकर अनिलकेशरी शाहले खुसी रहनु र खुसीमा जीवनको सार्थकता खोज्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले विद्यार्थीहरुमा रहेको दक्षतालाई जोड दिँदै आफ्नो क्षमतालाई निखार्दै अगाडी बढ्न जोड दिए । विद्यार्थीहरुलाई उर्जावान बन्न र आफ्नो उद्देश्यमा लगनशीलताका साथ निरन्तररुपमा लाग्न अभिप्रेरित गर्दै सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यका लागि शुभकामना दिए ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदर लामिछाने, कलेजकी प्राचार्य मनिता ओलीले पनि बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement