प्रिमियर इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा, ८३.९९ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सो सभाले आकर्षक ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको चुक्तापूँजीको ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेपछि शेयरधनीले पाउने भएका छन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि पूँजी रू। १ अर्ब ७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू। १ अर्ब पुर्याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि बोनस सेयर वितरण गर्न लागेको हो ।

साथै, कम्पनीले २५औं वसन्त पार गरेको उपलक्ष्यमा सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठलगायत उपस्थित शेयरधनीहरुले शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement