युनिटी लाइफ नामक संस्थामार्फत नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने ११ जना पक्राउ

Advertisement

काठमाडौं । कपिलवस्तु प्रहरीले ११ जनालाई नेटवर्किंग व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ गरेको छ। युनिटी लाइफ नामक संस्थामार्फत नेटवर्किङ व्यवसाय गरी ठगी गरेका उनीहरूलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सुरुमा सदस्य बन्नेहरू मोटाउने अनि पछि बन्नेहरू मारमा पर्ने पिरामिड शैलीको नेटवर्किङ व्यापार गर्दै अनुमतिबिना गैरकानुनी रुपमा सदस्यबाट करोडौं रकम जम्मा गरि ठगी गरिरहेको भन्ने उजुरीका आधारमा कपिलवस्तु प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। मंगलबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई गम्भीर छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको हो। पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउँपालिका सात का कर्ण सलामी मगर, पश्चिम नवरपरासी जिल्ला सुनवल नगरपालिका दुई का अशोक धरिकारी, झापा जिल्ला दमक नगरपालिका तीन का खगेन्द्र निरौला, सप्तरी जिल्ला राजविराज नगरपालिका एक का मिथलेश यादव, सोही स्थानका मन्जुला राई रहेका छन्।

यस्तै रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके जिल्ला कोहलपुर नगरपालिका तीन का हेमराज थापा, रामेछाप जिल्ला मन्थली नगरपालिका एक का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउपालिका दुई का दिपा पुरी रहेकी छिन्। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलको कमाण्डमा बिगत दुई हप्तादेखिको गोप्य अप्रेसनबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सिआइबीको समन्वयमा युनिटी नेटवर्किङमा संलग्न धादिङका रंजन लामा, दार्चुलाका भुपेन्द्र धामी, रौतहटका अमित कुमार चौधरी, गोरखाका सुसिल बिक, मकवानपुरका अभिराज तामाङ र भारत घर भएका सर्भिस पाण्डेलाई पक्राउ गरिनेसमेत कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमसेर जवराले बताए। पक्राउ परेकाहरू १८ देखि ३० बर्ष उमेरसम्मका रहेका छन्।

पिरामिड शैलीमा सदस्य बनाउँदै ठगी गर्न यस्तो व्यवसाय नेपालमा गरिँदै आएकोमा कानुनतः त्यस्तो गर्नु अवैध हो। सदस्यताको लागि ठूलो रकम लिने र सदस्य बनेपछि एकले अर्कोलाई सदस्य बनाउँदै यस्तो व्यवसाय फैलाएको छन् ।

Advertisement

Advertisement

Advertisement