बीपी कोइरालाका तत्कालिन उपकुलपतिसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले दाससहित आठ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दर्ता गरेको हो ।

उनीहरूले प्रतिष्ठानलाई हानीनोक्सानी हुनेगरी बदनियतपूर्वक काम गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दासविरुद्ध चार करोड आठ लाख ९८ हजार बिगो कायम गरिएको बताएका छन् । त्यस्तै, तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध तीन करोड ७५ लाख ३० हजार, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाविरुद्ध एक करोड ९६ लाख, रजिस्ट्रार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार बिगो मागदाबी गरिएको छ। उनीहरूविरुद्ध ६ वर्षसम्म कैद सजायको पनि अख्तियारले माग गरेको छ।

त्यस्तै, लेखा प्रमुख दिनेश दाहालले दुई करोड ३४ लाख ८१ हजार, नायब प्रबन्धक अमित श्रीवास्तवले एक करोड ७४ लाख भ्रष्टाचार गरेको आरोपसहित तीन वर्षसम्म कैद र बिगो जफतको माग दावी गरिएको छ । अख्तियारले उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोप्राइटर चेतन अग्रवालले करोड ४ लाख, उपकरण सप्लायर्स सर्विकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले ६० लाख ३७ हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगो जफतको माग गरिएको छ।

अख्तियारले विभिन्न मितिमा भएका वस्तु तथा सेवा खरिद सम्बन्धमा गरिएको छानबिनबाट भ्रष्टाचार पुष्टि भएको बताएका छन् । अख्तियारले प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारसहित दुई जनालाई यस प्रकरणमा नियन्त्रणमा लिएको थियो ।

Advertisement

Advertisement

Advertisement