सेयर बजारमा सामान्य सुधार, होटल र म्युचुअल फण्ड समूहले उचाल्यो नेप्से

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से आज चार दशमलव ४५ अंकले बढेर एक हजार २५९ कायम भएको छ भने ३४ करोड ७२ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

कारोबार उत्साहजनक नहुँदा पनि नेपाल बैंकको पाँच करोड ७८ लाख रुपियाँको सेयर किनबेच भएको छ । आज म्युचुअल फण्डको सुचक झण्डै पाँच प्रतिशतले बढेको छ भने होटलको दुई दशमलव ७१ प्रतिशतले बढेको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ३७ प्रतिशतले मात्रै सुधार भएको छ । बाँकी समूहमा सामान्य सुधार देखिएको छ ।

नबिल इक्वीटी फण्डका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा गर्न सफल भएका छन् भने घाटा धेरै खानेमा आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् ।

Advertisement

Advertisement

Advertisement