वडाध्यक्षको नक्कली हस्ताक्षर गरेको अभियोगमा एक पक्राउ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँबजार खुसीबुस्थित अटोपार्टसका कर्मचारी रविन खत्री रहेका छन् ।

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेको बताए ।

 

Advertisement

Advertisement

Advertisement