ललितपुरमा मेमोरी कार्ड र नक्कली पेनड्राइभ बनाउने सात करोडको सामग्रीसहित ७ गिरोह पक्राउ

Advertisement

काठमाडौं । ललितपुरको सानेपाबाट मेमोरी कार्ड र नक्कली पेनड्राइभ बनाउने सात करोडको सामग्रीसहित सात जना गिरोह पक्राउ परेका छन् । पक्राउमा गर्दा चार जना नेपाली र तीन जना भारतीय नागरिक परेका हुन् ।

मेसिन ल्याउने र अवैध रुपमा सामग्री उत्पादन गर्ने कार्यमा भारतीय नागरिक मोहन वंशल र गोविन्द वंशल रहेको खुलेको छ । उनीहरु दुबै दाजुभाई भएको समेत खुलेको प्रहरीले बताएका छन् ।

सानेपामा जेएसएस मोबाइल कलेक्सन सेन्टर खोलेर घरको कोठाभित्र मेसिनबाट सामसुङ कम्पनीको नक्कली पेनड्राइभ र मेमोरी कार्ड उत्पादन गर्दै आएको ललितपुर प्रहरी परिसरले जनाएको छ । उनीहरुले दैनिक २५ लाख बराबरको सामग्री उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार चीनबाट मेसिन ल्याएर नेपालमा अवैध रुपमा उत्पादन गरिएका मेमोरी र पेनड्राइभमा सामसुङको होलोग्राम टाँसेर भारत र बंगलादेशमा निर्यात गर्ने गरेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement