सिक्टा र रानी जमराको मुल नहरमा आजबाट पानी छोडियो, रोपाईं पनि सुरु

Advertisement

काठमाडौं । राष्ट्रिय गौरवका दुई सिंचाई आयोजनाहरु सिक्टा र रानी जमराका मुल नहरहरुमा मंगलबार पहिलो पटक पानी छोडिएको छ । पानी छोडिएसँगै आजै केही किसानहरुले उक्त पानीबाट रोपाईंसमेत गरेको उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुनले बिहीबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रधानमन्त्री केपी ओली सहभागी भएर नहरमा पानी छोड्ने योजना बनाइए पनि प्रतिकुल मौसमका कारण ओली जान असमर्थको जनाइएको छ । लामो प्रतिक्षा र विवादपछि सञ्चालनमा आएका यी नहरहरुमध्ये सिक्टाको पानीले पाँच हजार हेक्टरमा सिंचाई हुने र रानी जमराको पानीले १४ हजार तीन सय हेक्टरमा सिंचाई हुने मन्त्री पुनले बताए ।

सिक्टा सिंचाईमा परीक्षणका क्रममा गत बर्ष नहर भत्किएपछि आयोजना अधिकारीदेखि ठेकेदार कम्पनीसम्ममाथि छानविन भइरहेको छ । भत्किएको उक्त खण्डको २५ मिटरमा लाइनिङ मिलाउन ठेक्का दिइसकिएको र सिंक होल भएका अन्य ठाउँमा गिटी बालुवाले भर्ने काम भइरहेको बताए ।

कार्यक्रममा बाढि पूर्वानुमान महाशाखाका प्रमुख राजेन्द्र शर्माले गत साता जस्तो ठूला पानी यस बर्ष नपर्ने बताउँदै बाढि पहिरो र डुवानको ठूलो समस्या अब नआउने दावी गरे ।

Advertisement

Advertisement

Advertisement