ढुवानी सेवामा भ्याट कार्यान्यवनका लागि कार्यदल गठन

Advertisement

काठमाडौं । सरकारले आर्थिक विधेयक २०७६’ मार्फत ढुवानी सेवामा भ्याट लगाउने व्यवस्था गरे अनुसार त्यसको कार्यन्वयन गर्न कार्यदल गठन भएको छ। अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीका अनुसार ढुवानी सेवामा भ्याट लगाउने सम्बन्धमा व्यवसायीहरुको असन्तुष्टि सम्बोधन गर्न कार्यदल गठन गरिएको हो।

आन्तरिक राजश्व विभागका उपमहानिर्देशक झलकराम अधिकारीको नेतृत्वमा, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको  हो ।

व्यवसायीहरुले ढुवानी सेवामा भ्याट लगाउने विषयको विरोध गर्दै आएका छन्। सोमबार सो विषयमा अर्थमन्त्रीसहित अर्थमन्त्रालयका पदाधिकारीसँग व्यवसायीले छलफल समेत गरेका थिए। छलफल पछि त्यसको अवश्यकता तथा उक्त व्यवस्था कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो।

Advertisement

Advertisement

Advertisement