अरुले बढाएपनि नेपाल टेलिकमले इन्टरनेट शूल्क नबढाउने

Advertisement

काठमाडौं । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय बुधबारदेखि कार्यान्वयनमा ल्याएपनि नेपाल टेलिकमले भने इन्टरनेटको शुल्क नबढाउने भएको छ । नेपाल सरकारले यस्तो व्यवस्था ल्याए पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दर नबढाएको हो ।

आउँदो वर्षदेखि वर्षदेखि डेटा सेवामा पनि १३ प्रतिशत सेवा शूल्क लाग्नेछ। साउनदेखि एनसेल, भायोनेट, क्लासिक टेक, सुबिसुलगायतका इन्टरनेट सेवा प्रदायकले सेवा शूल्क बढाउने भएका छन् । वर्ल्डलिंकले पनि सेवा शूल्क वृद्धि गर्ने तयारी गरिरहेको छ।

सुबिसुले आजबाट सेवा शूल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धि गर्ने भएको छ । अहिले इन्टरनेट सेवा शूल्क भ्याटसहित न्यूनतम १३ सय ८ रुपियाँ छ। आजबाट १३ प्रतिशत करसहितको रकम १४ सय ७८ रुपियाँ पर्नेछ।

यसैगरी भायोनेटले पनि साउनदेखि सेवा शूल्क वृद्धि गर्ने भएको छ । १८ एमबिपिएसको १४ सय रुपियाँ शूल्क लिँदै आएको कम्पनीले भ्याट र सेवा शुल्कसहित १७ सय ८८ रुपियाँ लिने भएको छ।

कम्पनीले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ । सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।

Advertisement

Advertisement

Advertisement