आर्थिक बर्षको शुभारम्भमा सेयर बजारमा सुखद संकेत, नेप्से दोहोरो अंकले बढ्यो

Advertisement

काठमाडौं । आर्थिक बर्षको शुभारम्भको दिन बुधबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से १५ दशमलव ८५ अंकले बढेर एक हजार २७४ दशमलव ८६ अंक कायम भएको छ ।

आज कारोबार रकममा पनि वृद्धि भई ४२ करोड ६७ लाख रुपियाँको कारोबार भएको छ । धेरै कारोबार गर्नेमा आज पनि नेपाल बैंक अगाडि रहेको छ । यसको चार करोड ७५ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ ।

बाणिज्य बैंकहरुको सेयरमा उच्च वृद्धि हुँदा बजारमा सकारात्मक सुधार आएको हो । बाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन, लघुवित्त समूहको सुचकमा एक प्रतिशतभन्दा बढिको वृद्धि भएको छ । बाँकी समूहका सुचकहरु बढ्दा होटल र वित्त समूहको सुचकमा गिरावट भएको छ ।

Advertisement

Advertisement

Advertisement