आईईएलटीएसमा थोरै स्कोर ल्याउनेलाई अष्ट्रेलियामा ‘ब्याचर अफ नर्सिङ’ पढ्न जाने अन्तिम मौका

Advertisement

काठमाडौं । अष्ट्रेलियाले आउँदो जुलाई २०२० बाट व्याचलर अफ नर्सिङ अध्ययनका लागि आईईएलटीएस (अंग्रेजी भाषा परीक्षा)को नजिता ‘इच ब्याण्ड सेभेन’ हुनुपर्ने कडा नियम ल्याएको छ ।

नेपालसहित विश्वभरका विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दै अष्ट्रेलियाले नर्सिङ अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि प्रवेशाज्ञा (भिसा) नीतिमा कडाई गर्न लागेको हो । जसअनुसार आईईएलटीएसमा ६ वा ६.५ स्कोर ल्याएर उक्त विषय अध्ययन गर्न जाने अन्तिम मौका रहेको छ ।

आईईएलटीएसमा इच ब्याण्ड सेभन ल्याउने कुरा नेपाली विद्यार्थीका लागि निकै कठिन कुरा हो । एसआईईसी इण्डियाका नेपाल निर्देशक नबराज केसीका अनुसार आईईएलटीएसमा इच ब्याण्ड सेभन ल्याउने कुरा धेरैलाई कठिन हुने भएकाले ब्याचलर नर्सिङका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको संख्यामा ७०–८० प्रतिशत गिरावट हुन्छ ।

नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुमा ब्याचलर अफ नर्सिङमा जानेको संख्या सबैभन्दा धेरै हुने गरेको छ । त्यसपछि विजनेशमा धेरै जान्छन् । अष्ट्रेलियाले आउँदो फेब्रुअरी इन्टेकसम्मका लागि आईईएलटीएसमा कम स्कोर ल्याउनेलाई पनि लिने जनाए पनि जुलाईपछि भने इच ब्याण्ड सेभेनभन्दा कम ल्याउनेलाई नलिने जनाएको छ । ब्याचलर अफ नर्सिङ अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरुले फेब्रुअरी इन्टेकभित्रै जान प्रक्रिया अघि बढाउँदा राम्रो हुने केसीको भनाई छ ।

अष्ट्रेलिया जानलाई नै नेपालमा धेरै विद्यार्थीहरुले नर्सिङ विषयको अध्ययन रोजेको देखिन्छ । नर्सिङ पढ्नेहरुको कमाई उच्च हुने गरेकाले उनीहरुको रोजाईमा अष्ट्रेलिया पर्ने गरेको हो ।

Advertisement

Advertisement

Advertisement