देवः विकास बैंकको १३औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । देवः विकास बैंकले आफू १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोग र ब्लड डोनर्स एशोसियशन, काठमाडौंको सहकार्यमा लालदरबारथित बैंकको केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए । रक्तदानमा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ ।

यसैगरी बैंकले आफ्नो पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement