नयाँ आर्थिक वर्ष शुरु भएको दोस्रो दिनमै सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ६४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर ६५ हजार रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६४ हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५५ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६५६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement