तीन सय विद्युतीय बस किन्नलाई सरकारले तीन अर्ब निकासा गर्यो

Advertisement

ललितपुर । सरकारले तीन सयवटा विद्युतीय बस किन्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपियाँ निकासा गरेको छ । बस किन्नका लागि नेपाल सरकारबाट साझाको खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारि दिएका छन् ।

विद्युतीय बस खरिद गर्न मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो। सरकारले यस वर्षको बजेटमा समेत बस किन्नका लागि रकम छुट्याएको थियो।

संस्थाले प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस किन्दैछ। गत महिना मात्रै प्रदेश ३ सरकारले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैंले साढे दुई करोडसहित ४५ करोड रुपियाँमा विद्युतीय बस किन्न सम्झौता गरेको थियो ।

Advertisement

Advertisement

Advertisement