मापदण्ड विपरित निर्माण भएको टेकु पुल भत्काएर नयाँ बनाउन पप्पुलाई निर्देशन

Advertisement

काठमाडौं । मापदण्डअनुसार निर्माण नगरिएको भन्दै टेकुस्थित विष्णुमती पुल भत्काएर नयाँ बनाउन सडक डिभिजन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । चिनियाँ जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको पुलमा इन्जिनियरको निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो।

गुणस्तरीय सामग्री प्रयोग नगरी पुल निर्माण गरिएकोले त्रुटि सच्चाएर पुनः पुल बनाउन आग्रह गरिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसारखरिद सम्झौताअनुसार पुल निर्माण भएतापनि ठेक्का शर्तमा उल्लेख गरेभन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काइ सुुधार गर्न सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनीलाई मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएको छ।

उक्त अवधिभित्र निर्माण गरिएको संरचना भत्काइ ठेक्का शर्तअनुसार नबनाए ठेक्का तोडिने सुचनामा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement