टिभिएसले ल्यायो अन्तराष्ट्रीय अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना

Advertisement

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकलले ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ । कम्पनीले मोटरसाईकल कुदाउनमा मज्जा लिने व्यक्तिलाई लक्षित गरेर उक्त योजना सार्वजनिक गरेको हो ।

यो योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आरआर३१० तथा आरआर३१० तथा अपाचे २००४भी भी२को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ र २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर३१० र २००४भी भी२ कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे आरआर३१० तथा तथा ३०० ४ भी भी२ खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः१० हजार तथा ७ हजार रुपियाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे आरआर३१० को लागि मासिक किस्ताबन्दी रु १९ हजार ९३ रुपियाँ र अपाचे २००४भी भी२ को लागि ११ हजार २४५ रुपियाँ कायम गरिएको छ ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने– ‘हरेक मोटरसाईकलराइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर, सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्मित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक भिन्न उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।’

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४किमि रहेको छ । टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागीभई आफ्नो जीवनकै सर्वश्रेष्ठ अनुभव हासिल गर्ने अवसर नगुमाउन कम्पनीले सबै मोटरसाईकल प्र्रेमीहरुलाई अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement