प्रसुति गृहमा रहस्यमय घटनाः आमाको मृत्यु, बच्चालाई गायब बनाईयो

Advertisement

काठमाडौं । प्रसुति गृहमा रहस्यमय घटना घटेको छ । नुवाकोट जिल्ला घर भै हाल काठमाडौंको लैनचौरस्थित बस्दै आएकी कल्पना तामाङ्गको प्रशुति गृहमा मृत्यु भएपछि बच्चा लुकाएको भन्ने आरोप लागेको छ । प्रशासनले कहिले बच्चा मरिसकेको त कहिले आईसीयूमा रहेको बताएकाले यो घटना रहस्यमय भएको हो ।

घटनाो हिजो बुधबारकै हुँदा पनि घटनाबारे अस्पतालले कुनै पूर्ण जानकारी दिएको छैन । आमाको लास देखाएपनि बच्चाको अवस्था अझै जानकारी भएको छैन । बच्चा देखाउन प्रशासनले मानी रहेको छैन । अरुकै बच्चालाई देखाउने र आईसीयुमा छ भनी टारिरहेको अवस्था छ ।

विभिन्न मन्त्रालयका प्रतिनिधि तथा प्रहरीद्वारा अस्पतालको प्रशासनमा घेरा हालेर सेवाग्राहीलाई पनि अस्पताल भित्र जान दिईएको थिएन तर अहिले भने त्याहाँको स्थिति सामान्य छ । तर, पिडितलाई दवाब दिएर वार्ता गराउँने स्थिती सिर्जना भएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement